Logo

गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्दै एमालेले सदन अवरुद्ध गर्ने



काठमाडौं,१० साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज बस्ने प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने भएको छ ।

दिउँसो १ बजे बस्ने संसद बैठकमा गत साउन ३ गते त्रिभुवन विमानस्थलबाट बाहिरिएपछि राजश्व अनुसन्धानले करिब एक क्विन्टल सुन बरादम भएको बारेमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा.प्रकाशशरण महतको राजीनामा माग गर्दै एमालेले सदन अवरुद्ध गर्ने तयारी गरेको एमाले प्रमुख सचेतक पदम गिरीले रिर्पोटस नेपाललाई जानकारी दिए ।

त्रिभुवन विमानस्थलमा भन्सार जाँच पास गर्ने कार्यमा गृह मन्त्रालय र अर्थ मन्त्रालय अन्तर्गतका निकायहरु रहने हुँदा दुवै मन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्ने एमालेको धारणा रहेको गिरीले बताए ।

उक्त विषयमा पार्टीको थप धारणा तय गर्न एमालेले संसदीय दलको बैठक पनि डाकेको छ । संसदीय दलको बैठक मध्यान्ह १२ बजे नयाँ बानेश्वरस्थित संसदको लोत्से हलमा बस्नेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot