Logo

माओवादी केन्द्रको पदाधिकारी बैठक दिउँसो ४ बजेसम्म स्थगित्



काठमाडौं,१० साउन । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक दिउँसो पुनः बस्नेगरी स्थगित् भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान साँढे ८ बजेबाट बसेको बैठक दिउँसो बस्नेगरी स्थगित भएको हो । बैठक कार्यवाहक पार्टी अध्यक्ष नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको थियो ।

माओवादी कन्द्रले साउन १७ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ । आजको बैठकले मुलत: केन्द्रीय कमिटीको बैठकका एजेण्डाबारे छलफल गरेको बताइएको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई कार्यवाहक सुम्पिएर इटाली भ्रमणमा गएका छन् ।



प्रतिक्रिया दिनुहोस्