Logo

रास्वपाद्धारा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव दर्ता



काठमाडौं,१० साउन । राष्ट्रिय स्वतन्त्र पार्टीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बरामद भएको एक सय किलो सुन बरामद प्रकरणलाई लिएर संसद्मा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ ।

सभापति रवि लामिछानेले हस्ताक्षर गरेको प्रस्ताव सचेतक निशा डाँगीले दर्ता गराएकी हुन् ।

डाँगीले दर्ता गराएको प्रस्तावमा नेपालमा पछिल्लो समय तिब्ररुपमा बढिरहेको सुन तस्करीको घटनाबारे सरकारको जवाफ माग गरिएको उल्लेख छ ।

गत साउन ३ गते हङकङ्गबाट नेपाल ल्याउँदै गरिएको एक सय किलो भन्दा धेरै सुन भन्सार कार्यालयबाट बरामद भएको थियो ।

उक्त सुन बरामद प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज संसद्मा गृहमन्त्रीको राजीनामा माग्दै बैठक अवरुद्ध गर्ने तयारी गरेको छ ।



प्रतिक्रिया दिनुहोस्