Logo

गृहमन्त्री श्रेष्ठकै मातहतमा सुन तस्करी भएको एमालेको आरोप



काठमाडौं, १० साउन । नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले गृहमन्त्री नारायणकाजी श्रेष्ठकै मातहतमा सुन तस्करी भएको आरोप लगाएका छन् । आज (बुधबार) प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले गृहमन्त्रीले नै सुन तस्करीको संरक्षण गरेको बताउँदै नारायण्काजी श्रेष्ठलाई अब उक्त कुर्सीमा बस्न नसुहाउँने बताए ।

‘गृहमन्त्री कुनै पनि दृष्टिकोणले गृहमन्त्रीको कुर्सीमा बस्न योग्य हुनुहुन्न । लायक हुनुहुन्न । उहाँको मातहतमा सुन तस्करी भएर राजश्व छली हु्ँदाखेरी गृहमन्त्री हुँ भनेर उहाँले जुन प्रकारले स्टन्टबाजी गर्दै हुुनुहुन्छ । म कारबाही गर्छु भन्दै हिड्नु हु्न्छ । अब तपाईँ कुन नैतिकताको धरातलमा पदमा बस्न सुहाउँछ ?’– उनले भने ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot