Logo

एमालेले गरेको सदन अवरोधलाई रवि-राजेन्द्रले दिएनन् साथ



काठमाडौं,१० साउन । नेकपा एमालेले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ ।

बुधबार बसेको संसद बैठकमा गत हप्ता भन्सार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयबाट बरामद भएको एक सय किलो सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संलग्नता रहेको आरोप लगाउँदै मन्त्रीले राजीनामा दिनुपर्ने माग गर्दै एमालेले सदन अवरुद्ध गरेको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गरेको संसद अवरोधलाई अन्य प्रतिपक्षी दलहरु रास्वपा र राप्रपाले साथ दिएनन् । आजको बैठकमा एमालेले नाराबाजी गर्दै सदन अवरुद्ध गर्दा राप्रपा र रास्वपा भने आफ्नो स्थानमा बसिरहेका छन् ।

यसअघि एमालेले गरेका सबै सदन अवरोधलाई साथ दिदै आएको राप्रपा रास्वपाले यसपटक भने एमालेलाई साथ नदिएको हो ।

यसअघि एमालेसँग मिलेको भन्दै रास्वपा र राप्रपाको निक्कै आलोचना हुँदै आएको थियो ।



प्रतिक्रिया दिनुहोस्