Logo

सुन तस्करीबारे छानविन गर्न उच्चस्तरीय समिति बनाउन राजेन्द्र लिङदेनको माग



काठमाडौं,१० साउन । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले गत हप्ता भन्सार कार्यालयबाट बरामद गरिएको एक क्विन्टल सुन प्रकरणमा सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय छानविन समिति बनाउन माग गरेका छन् ।

बुधबारको प्रतिनिधि सभाको आकस्मिक समयमा आफ्नो धारणा राख्दै लिङदेनले सुन तस्करी प्रकरणमा भरियालाई समाएर मालिकलाई उन्मुक्ति दिनु आपत्तिजनक भएको बताए ।

‘भरिया पक्रेर सुन तस्करीका नाइके संरक्षण गर्ने,हामीले यति काम त गर्‍यौं नि भन्ने काम नहोस्’ उनले भने,‘अहिले जुन ढंगले अनुसन्धान प्रक्रियाका नाममा झारा टार्ने काम भएको छ, यसरी हुँदैन, विशेष आयोग, छानबिन आयोग बनाएर अनुसन्धान अघि बढाइयोस् भन्न चाहन्छु। केही भरियालाई पक्रेर सुन तस्करका नाइकेलाई जोगाउने काम नहोस्। जरासम्म पुगोस् अनुसन्धान प्रक्रिया अघि बढोस्।’



प्रतिक्रिया दिनुहोस्