Logo

सुन तस्करलाई शासकले दुहुनो गाई बनाएको प्रेम सुवालको आरोप



काठमाडौं,१० साउन । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले शासकहरुले नै सुन तस्करहरुलाई दुहुनो गाई बनाएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सुवालले १० वर्षमा मात्रै त्रिभुवन विमानस्थलबाट ४ हजार १ सय किलो सुन भित्रिएको बताए ।

‘१० वर्षमा त्रिभुवन विमानस्थलबाट ४ हजार १०० केजी सुन कसरी तस्करी भयो। कुन कुन गृहमन्त्रीको पालामा सुन तस्करी भयो कारबाही हुनुपर्छ’, उनले भने,‘शासकहरुले सुन तस्करलाई अहिले दुहुनो गाई बनाएका छन्। उच्च तहका को को संलग्न छन्, सबैलाई कारबाही हुनुपर्छ।’



प्रतिक्रिया दिनुहोस्