Logo

ललिता निवास प्रकरणका आरोपी थप ७ दिन हिरासतमै बस्ने



काठमाडौं,१० साउन । बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरण पक्राउ परेका आरोपीहरु थप ७ दिन हिरासतमा रहने भएका छन् ।

यस प्रकरणमा पक्राउ परेका २२ आरोपीतलाई थुनामा राखेर थप अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले ७ दिनको म्याद थपको अनुमति दिएको हो ।

यस प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहसहित २२ जना प्रहरीको हिरासतमा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्