Logo

प्रतिनिधि सभा बैठक स्थगित



काठमाडौं, १० साउन । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । बुधबारको बैठकमा प्रमुख प्रतिपक्षी  दल नेकपा एमालेले सुन तस्करीको घटनामा गृहमन्त्री र अर्थमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने भन्दै सदन अवरुद्ध गरेपछि बैठक स्थगित भएको हो ।

एमालेले मन्त्रीद्धयको राजीनामा माग्दै निरन्तर नारावाजी गरेपछि संसद बैठक साउन १५ गते सोमबार दिउँसो १ बजे सम्मका लागि स्थगित भएको सभामुख देवराज घिमिरेले जनाएका छन् ।

सभामुख देवराज घिमिरेले आकस्मिक समयपछि शून्य समयको कारबाही अघि बढाएपछि एमाले सांसदहरु वेल घेराउमा गएर नाराबाजी सुरु गरेका थिए । एमालेको नाराबाजीपछि सभामुख घिमिरेले प्रतिनिधसभा बैठक साउन १५ गतेसम्मका लागि स्थगित गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot