Logo

एमाले सांसद गैरेको प्रश्नः ‘नारायणकाजी र प्रकाशशरण नैतिक रूपले गृहमन्त्री र अर्थमन्त्री भइरहन मिल्छ’ ?



काठमाडौं,१० साउन । नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले नैतिकताको आधारमा अर्थमन्त्री प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुपर्ने बताएका छन् ।

बुधबारको प्रतिनिधसभाको बैठकमा बोल्दै गैरेले सुन तस्करी प्रकरणमा सत्यतथ्य छानविन सम्पन्न नभएसम्मका लागि विमानस्थलमा सुरक्षा र भन्सारको जिम्मा पाएकाहरुले सुन समात्न नसक्दा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा आइसक्नुपर्ने बताए।

‘सुन बरामद भइसकेपछि गृहमन्त्रीले पद छाड्नुपर्थ्यो। अर्थमन्त्रीले पनि हाम्रो निकायले सुन पक्रिन सकेन अनि पदमा बस्दिन भन्नुपर्थ्यो’,उनले भने,‘नैतिक रुपमा अर्थमन्त्री र गृहमन्त्री भइरहन मिल्छ? आदर्शको कुरा गर्नेले त्यो आदर्शको पालना गर्नुपर्छ कि पर्दैन?’



प्रतिक्रिया दिनुहोस्