Logo

एक क्विन्टल सुन समात्न सफल भएको भन्दै माओवादी सांसद पौडेलले दिए सरकारलाई बधाइ



काठमाडौं,१० साउन । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सचिव एवं सांसद देवेन्द्र पोडेलले सरकारले भ्रष्टचारीलाई कारवाही गरिहरेका बेला सलाम गर्नुपर्ने बेला आलोचना गरिएको भन्दै प्रतिपक्षी दलविरुद्ध आक्रोश व्यक्त गरेका छन् ।

बुधबारको प्रतिनिधि सभा बैठकमा एमाले र नेपाली कांग्रेसका सांसदले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेपछि सांसद पौडेलले भ्रष्टाचारका विभिन्न प्रकरणमा सरकारले छानबिन अगाडि बढाएको विषयमा टाउको नदुखाउन सांसदहरूलाई आग्रह गरे।

एक क्वीन्टल सुन अवैध रुपमा आयात भएको विषयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा। प्रकाशशरण महतको बारेमा संसदमा केही प्रश्नहरु उठेको उल्लेख गदै उनले भने,‘म आफ्नो तर्फबाट बधाइ दिन चाहन्छु । दिउँसै रात पार्न खोजिएको थियो । रातलाई दिउँसो बनाइँदैछ ।’

 



प्रतिक्रिया दिनुहोस्