Logo

दैनिक पटक–पटक विद्युत अवरुद्ध हुने गरेको भन्दै सांसद साहले गराए ध्यानाकार्षण



काठमाडौं, १० साउन । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले तराईमा घण्टौंसम्म लाईन काटिएको भन्दै आपत्ति जनाएका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले सरकारले देशमा लोडसेडिङ छैन भनेपनि तराईमा बेलाबेलामा लाईन जाँदा त्यहाँका जनताले सास्ती भोग्नु् परेको बताए ।

‘अहिले देशमा लोडसेडिङ छ कि छैन ? सरकारलाई सोध्न चाहन्छु । यदि लोडसेडिङ छैन भने तराईमा घण्टौं घण्टा लाईन किन काटिन्छ ? विद्युत प्राधीकरणको बेथितिका कारण आज तराईको जनजीवन नरकजस्तै भएको छ । गर्मी उत्कर्षमा छ । पानी परिरहेको छैन । मच्छडको ठूलो विगविगी छ, लाईन पनि हुँदैन,’– उनले भने ।
लोडसेडिङ हो भने जनतालाई पूर्व सूचना दिएर लाईन काटिनु पर्ने उनको भनाई छ । तराईमा छिनछिनमा लाईन जाँदा किसान थप मारमा परेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot