Logo

भन्सार एजेन्ट पराजुलीको बन्दी प्रत्यक्षीकरण निवेदनमा सर्वोच्चद्धारा कारण देखाउ आदेश जारी



काठमाडौं,१० साउन । एक क्विन्टल सुन बरामद प्रकरणमा जोडिएर पक्राउ परेका भन्सार एजेन्ट यादव पराजुलीले दिएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।

बुधबार न्यायाधीश कुमार चुडालको इजलासले के कारणले थुनामा राखिएको भन्दै उपयुक्त जवाफ पेस गर्न आदेश दिँदै कारण देखाउ आदेश जारी गरेको हो।

गत साउन ३ गते बरामद भएको सुन प्रकरणमा राजस्व अनुसन्धान विभागको टोलीले पक्राउ गरेका भन्सार एजेन्ट यादव पराजुली सर्वोच्च अदालत पुगेका थिए ।

राजस्व अनुसन्धानको टोलीले पराजुलीलाई साउन ७ गते पक्राउ गरेको थियो। त्रिभुवन विमानस्थल कार्यालयको भन्सार जाँच पास भएको सुन बाहिरिएपछि राजस्वको टोलीले बरामद गरेको थियो। सोही प्रकरणमा अहिलेसम्म १६ जना पक्राउ परिसकेका छन्।



प्रतिक्रिया दिनुहोस्