Logo

सुन तस्करी प्रकरणः कमलपोखरीस्थित एक व्यवसायीको घरमा छापा



काठमाडौं, १० साउन । तस्करी भएको सुन भण्डारण भएको हुनसक्ने आशंकामा राजश्व अनुसन्धान विभागको टोलीले एक व्यवसायीको घरमा छापा मारेको छ । विभागको टोलीले शेयर व्यवसायी राकेश अडुकियाको कमलपोखरीस्थित घरमा छापा मारेको हो ।

विभागको टोलीले व्यवसायी अडुकियाको घरबाट केही सामन जफत गरेको छ । सुन तस्करीका क्रममा भण्डारण भएको हुनसक्ने वा तस्करी भएको प्रमाण फेला पर्नसक्ने आशंकामा विभागले उक्त घरमा छापा मारेको थियो । File Photo/RN



प्रतिक्रिया दिनुहोस्