Logo

बैठकमा धेरै आलोचना नभएको भन्दै देउवाले दिए नेताहरुलाई धन्यवाद



काठमाडौं,१० साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जारी केन्द्रीय कार्य समितिको बैठकमा आफ्नो धेरै नै आलोचना हुन्छ भन्ठानेको भएपनि सोचेजती आलोचना नभएको बताएका छन् ।

कार्य समितिको बैठक समापनमा बोल्दै देउवाले सोचेजती आलोचना नभएको भन्दै नेताहरुलाई धन्यवादसमेत दिए ।

केन्द्रीय समितिको बैठकमा बोल्दै उनले भने,‘सबैले धेरै महत्वपूर्ण विषय राख्नुभयो । धेरै आलोचना हुन्छ भन्ठानेको थिएँ तर, भएन । त्यसका लागि धन्यवाद दिन चाहन्छु ।’



प्रतिक्रिया दिनुहोस्