Logo

गगन थापाको १३ बुँदे फरक मत व्यक्तिगत होः प्रकाशशरण महत



काठमाडौं,१० साउन । नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महतले महामन्त्री गगन थापाले केन्द्रीय समितिको बैठकमा पेस गरेका १३ बुँदै प्रस्ताव नितान्त व्यक्तिगत भएको बताएका छन् ।

कांग्रेस केन्द्रीय समिति बैठकका निर्णय सुनाउँदै प्रवक्ता महतले भने ,‘अन्तिम प्रस्तव पारित भयो । बाँकी व्यक्ति गत हो । सबै पास हुन्छ भन्ने छैन । त्यो उहाँ को धारणा हो’ ।

महामन्त्री थापाले जारी केन्द्रीय समितिको बैठकमा विभिन्न विषयमा फरक मतसहित १३ बुँदे प्रस्ताव राखेका थिए ।



प्रतिक्रिया दिनुहोस्