काठमाडौं,११ साउन । ०८० जेठ १६ गते महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबी बैंक लुटपाटमा संलग्न आरोपमा प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत विहार राज्यका मधुवनी जिल्लामा पर्ने फूलहरका २० वर्षीय अजय कुमार छन् ।
उनलाई बुधवार मटिहानी नगरपालिका ८ बाट पक्राउ गरिएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।
गिरीका अनुसार गत जेठ १६ गते रु १५ लाख लुटेको घटनामा साफी संलग्न थिए । चार पाँच जनाको समूहमा आएको नकाबधारी समूहले बैंकका कर्मचारी तथा सेवाग्राहीसमेतलाई कब्जामा लिएर सो रकम लुटेका थिए । डाँका गरी नम्बर नखुलेको मोटरसाइकलमा उनीहरु फरार भएका थिए ।
सो घटनामा साफी पनि संलग्न देखिएकाले उनलाई बुधबार साँझ महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित नेपाल-भारत सीमा नजिकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
लुटपाटमा संलग्न अन्य व्यक्तिको पनि पहिचान भइसकेको प्रहरीको भनाइ छ।