काठमाडौं,११ साउन । राष्ट्रिय सभामा नेकपा एमालेका मुख्य सचेतक देवेन्द्र दाहालले त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बरामद भएको एक सय किलो सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संगल्नता रहेको स्प्रष्ट आधार भेटिएको दाबी गरेका छन् ।
राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले भने,‘यो गम्भिर विषय गृहमन्त्रीको संलग्नताबिना हुन सक्ला र ? नैतिकताको विषय होइन । उहाँले सुरक्षालाई व्यवस्थित गर्न सकिन भनेर राजीनामा दिनुपर्थ्यो । अब गृहमन्त्री र अर्थमन्त्री पनि अनुसन्धानको घेरमा रहनुपर्छ ।’
दाहालले सुन तस्करीजस्तो गम्भीर अपराधमा आफुमाथि प्रश्न उठेपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुको साट्टो फुर्ती देखाउँदै हिडेको आरोपसमेत लगाए ।
दाहालले तस्करीलाई संरक्षण गर्ने सरकारको छानविन गर्न नसक्ने भन्दै उच्च स्तरीय छानविन समिति गठन गर्न माग गरे । उनले राष्ट्रियसभालाई पनि समेटेर विश्वासिलो संसदीय समिति नभए उच्चस्तरीय न्यायिक समिति गठन गर्न माग गरे।