Logo

कांग्रेस सहमहामन्त्रीको दाबीः ‘निर्दोष बालकृष्ण खाँणलाई राज्यले फसायो’ (भिडिओसहित)



काठमाडौं, ११ साउन । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले नक्कली भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाँणलाई राज्यले फसाएको आरोप लगाएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राज्यमा प्रजातन्त्र पुनर्स्थापना जनताको हक अधिकारको सुनिश्चित गर्नका लागि पूरै जीवन दिएका खाँणलाई राज्यले फसाएको आरोप लगाएका हुन् ।

‘बालकृष्ण खाँणले प्रजातन्त्रको लागि लामो समयसम्म लडाई लड्नु भएको छ, जेल जानुभएको छ । प्रजातन्त्र स्थापनाको संघर्षमा उहाँले नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष भएर, युनिभर्सिटीको अध्यक्ष भएर र तरुण दलको केन्द्रीय अध्यक्ष भएर उहाँले नेतृत्व दिनुभएको थियो । त्यस्तो नेता जसले आफ्नो पूरै जवानी प्रजातन्त्रको पुनर्स्थपनाका लागि, जनताको हक अधिकारको सुनिश्चित गर्नका लागि खर्च गर्नुभयो । त्यस्तो नेतालाई आज राज्यले फसाएको छ,’– उनले भने ।

राज्यले बालकृष्ण खाँणलाई अनेक यातना दिइरहेको उनको भनाई छ । उनले खाँणविरुद्ध कुनै जाहेरी नरहको र कसैले आरोप पनि नलगाएको बताए । खाँणमाथि लागेको आरोपमा सत्यता नरहेको उनले दाबी गरे ।

‘बालकृष्ण खाँणलाई राज्यले फसाएको छ । उहाँमाथि लागेको आरोप असत्य हो । बालकृष्ण खाँण निर्दोष सावित भएर बाहिर निस्कनु हुन्छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा उहाँको कहाँ संलग्नता छ ?’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्