Logo

मिटरब्याज सम्बन्धी विधेयक पारित गरेर राष्ट्रिय सभा बैठक एक सातासम्म स्थगित



काठमाडौं,११ साउन ।  मिटर व्याज सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ राष्ट्रिय सभाबाट पुनः  पारित भएको छ ।

आज बसेको बैठकमा मिटरब्याजीलाई कारवाही गर्न बनेको मुलुकी संहितासम्बन्धी केही ऐन संशोधन गर्न बनेको विधेयक-२०८० माथि प्रतिनिधिसभाबाट संशोधन स्वीकारसहित पुनः पारित गरिओस् भन्ने प्रस्ताव निर्णयार्थ पेस भएको थियो ।

सभाका सचिव डा.सुरेन्द्र अर्यालले टेबुल गरेको विधेयक सर्वसम्मत पारित भएको हो। सो विधेयक राष्ट्रियसभामै उत्पत्ति र पारित भएको थियो भने प्रतिनिधिसभाले गत असार ३१ गते संशोधनसहित विधेयक पारित गरेको थियो ।

सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले  निर्णयार्थ पेस गरेको उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएसँगै बैठक अर्को बिहीबार सम्म स्थगित भएको हो ।



प्रतिक्रिया दिनुहोस्