Logo

रमेश सुवेदीलाई ‘मुख्यमन्त्री हिक्मत कार्कीभन्दै फोन आएर हैरान’



काठमाडौं, ११ साउन । कोशी प्रदेश सभा सचिवालयले प्रदेशसभा सदस्य हिक्मत कार्कीको नम्बर गलत राखेको कारण तेह्रथुमका रमेश सुवेदीले हैरानी खेप्नु परेको छ । आफूलाई दिनको २०/३० ले मुख्यमन्त्री हिक्मत कार्कीभन्दै फोन गरेर हैरान पारेको उनले बताए ।

‘दिनमा मलाई २०/३० वटा फोन आउँछ । हैरान भइसक्यो । कति जानलाई जवाफ दिनु ? मेरो स्थायी घर तेह्रथुम हो,’– रिपोर्टर्स नेपालसँगको कुराकानीमा उनले भने ।

 



प्रतिक्रिया दिनुहोस्