Logo

कृषकहरुका लागि प्रविधि, मल, बजार र पुँजीमा पहुँचको सुनिश्चितताको विषय जोडदार रुपमा राखेको छुः प्रधानमन्त्री दाहाल



काठमाडौं, १२ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको टोली इटालीको औपचारी भ्रमण सकेर नेपाल फर्किएको छ । गत साउन ८ गतेदेखि १० गतेसम्म रोममा भएको ‘युनाइटेड नेसन्स फुट समिट प्लस टु स्टकटेकिङ मोमेन्ट’ नामक शिखर सम्मेलनमा भाग लिएर प्रधानमन्त्री प्रचण्डसहितको टोली आज (शुक्रबार) नेपाल फर्किएको हो । उक्त कार्यक्रमलाई प्रधानमन्त्री प्रचण्डले पनि सम्बोधन गरेका थिए ।

उक्त कार्यक्रममा आफूले खाद्य सुरक्षा; पर्याप्त, सुरक्षित र स्वस्थ्यकर खाध्यमा सहज पहुँच; दीगो कृषि विकास, गरिवी निवारण, भोकमरीको अन्त्य लगायतका उद्देश्य प्राप्त गर्नमा अतिकम विकसित राष्ट्रहरुले भोग्नु परेका समस्याहरु राखेको प्रधानमन्त्री प्रचण्डले बताए ।

प्रधानमन्त्री प्रचण्डले अति कम विकसित मुलुकहरुका करोडौंको संख्यामा रहेका जोखिममा परेका नागरिकहरुलाई आशाको दियो सञ्चार गर्नको लागि अन्तर्राष्ट्रिय समुदायले सामुहिक प्रतिवद्दता देखाउनुपर्ने खाँचो पनि उक्त कार्यक्रममा प्रष्ट पारेको बताए ।

विश्वव्यापी रुपमा देखा परेको जलवायु परिवर्तनलाई थेग्ने दीगो र भरपर्दो उत्पादकत्व वृद्धिका लागि साना कृषकको लागि प्रविधि, मल, बजार र पुँजीमा सहज पहुँचको सुनिश्चितता गर्न आवश्यक रहेकोबारे विषय पनि जोडदार रुपमा प्रस्तुत गरेको प्रधानमन्त्री प्रचण्डले बताए ।



प्रतिक्रिया दिनुहोस्