Logo

प्रधानमन्त्री प्रचण्डलाई बंगलादेश भ्रमणको निम्तो



काठमाडौं, १२ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सात दिने इटाली भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् । उनी आज (शुक्रबार) संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी भएर स्वदेश फर्किएका हुन् ।

रोममा रहँदा प्रधानमन्त्री प्रचण्डले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग भेटवार्ता गरेका थिए । बंलदलादेशी समकक्षीसँगको भेटवार्ताका क्रममा जलविद्युत निर्यातका विषयमा महत्वपूर्ण कुराकानी भएको प्रधानमन्त्री प्रचण्डले बताए । साथै बंगलादेशको ५०औं स्वतन्त्रता दिवसको अवसरमा भ्रमणकालाई बंगलादेशी प्रधानमन्त्री हसिनाले प्रचण्डलाई निमन्त्रणा दिएकी छन् । आफूले सकेसम्म बंगलादेश आउने प्रतिबद्धता व्यक्त गरेको पनि प्रचण्डले बताए ।

‘छिमेकी मित्र राष्ट्र भारतको औपचारिक भ्रमणका क्रममा भारतको भूमि भएर नेपालको जलविद्युत बंगलादेशमा निर्यातको सहमति भएको छ । यसलाई यथाशीघ्र औपचारिकता दिई जल विद्युत निर्यातको औपचारिक ढोका खोल्ने हाम्रो प्रयासले सार्थकता पाउँदै छ । बंगलादेशका प्रधानमन्त्रीसँग यो विषयमा अत्यन्त महत्वपूर्ण कुराकानी भएको छ । उहाँहरुको स्वतन्त्रताको ५०औं वर्षको उपलक्ष्यमा मलाई निम्ता पनि दिनु भएको छ । मैले सकेसम्म बंगलादेश आउँछु भनेको छु,’– प्रचण्डले भने ।



प्रतिक्रिया दिनुहोस्