Logo

‘थारु समुदायलाई उद्देलित बनाएर आगामी चुनाव जित्ने प्रोपोगाण्डा गर्दैछन् रेशम’



काठमाडौं, १२ साउन । नगारिक उन्मुक्ति पार्टी (नाउपा) परित्याग गरेका सुरेन्द्र चौधरीले नाउपाका संरक्षक रेशम चौधरीले थारु समुदायलाई उद्देलित बनाएर निर्वाचन जित्ने प्रोपोगाण्डा बनाइरहेको अरोप लगाएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सोही घटना र सोही प्रकृतिको मुद्दामा जेल परेकाहरुलाई जेलमै राखेर समाजलाई निर्वाचनको समयमा उद्देलित बनाई चुनाव जित्न खोजेको आरोप लगाए ।

रेशमले टीकापुर घटनाका निर्दोष बन्दीहरुलाई छुटाउने कुनै पहल नै नगरेको उनको आरोप छ । एउटै घटना र एउटै सजाय पाएको मान्छेलाई आफूले आम माफी पाउँदा छुटाउन कुनै पहल नगरेकाले पार्टीभित्र विद्रोह गरेर बाहिरिएको उनले बताए । आफ्नो राजनीतिक भविष्यको लागि कोही न कोही जेलमा बसिदियोस् भन्ने रेशमको चाहना भएको उनको आरोप छ ।

‘त्यो पार्टी भनेको टीकापुरमा विद्रोह भयो । त्यसमा केही निर्दोष मान्छे थुनामा थिए । त्यसमध्येको एक जना व्यक्ति रेशम चौधरी जी हुनुहुन्थ्यो । बाँकी अरु चार जना पनि उहाँजस्तै आजीवन काराबासमा । उहाँ त चार वर्ष बस्नुभयो अरु आठ वर्षदेखि बसिराख्नु भएको छ । एउटै सजाय छ । एउटै घटना, एउटै सजायमा मुछिएको मान्छे उहाँले आफ्नोमात्रै आम माफीको पहल गर्नुभयो । त्यस्तो पनि पार्टी हुन्छ ? नेता हुन्छ ? त्यो देखिसकेपछि विद्रोह नगरेर के गर्नु ? उहाँको दिमागमा के छ भने अरु राजनीति गर्नका लागि कोही न कोही जेलमा बसिदिनु पर्यो । त्यसपछि फेरी समाजलाई उद्देलित गर्ने, प्रोपोगाण्डा फैलाउने अनि चुनावमा भाग लिने । त्यो त्यो बाहेक उहाँसँग अरु विकल्प नदेखिसकेपछि त्यो लेवलको घटिया चरित्र र संस्कार देखाइसकेपछि कुनै पनि नैतिकवान मान्छे त्यस्तो प्लेटफर्ममा बस्न सक्दैन,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot