Logo

मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण



काठमाडौं,१२ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ प्रमाणीकरण गरेका छन्।

अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी समस्या समाधानका लागि संघीय संसदको दुवै सदनबाट पास भई शीतल निवासमा पुगेको विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि उक्त विधेयकले ऐनको रुप लिएको छ ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्