काठमाडौं,१२ साउन । नेपालको राजनीतिमा समकालिन नेतामध्ये आफ्नो छुट्टै पहिचान बनाएका नेता हुन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका ओली राजनीतिमा चतूर खेलाडि मानिन्छन् । उनी राजनीतिक र सामाजिक जीवनमा जति सक्रिय छन् त्यतिनै सामाजिक सञ्जालहरुमा पनि सक्रिय छन् । ओली सामाजिक सञ्जाल फेसबुक, ट्विटर, युट्युब हुदै इन्स्ट्राग्राममासमेत सक्रिय रहेका छन् ।
आफुलाई मनमा लागेका कुरा यीनै माध्ययमबाट पोखिरहने ओलीले शुक्रबार आफ्नो ‘केपी बा’ नामको इन्स्ट्राग्राममा फलो गर्न आग्रह गरेका छन् ।
शुक्रबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत उनले इन्स्टाग्राममा आफ्ना अनुभव र सिकाइहरू नियमित रूपमा राख्दै आएको बताउँदै उनले सो सञ्जालमा आफूलाई फलो गर्न आग्रह गरेका हुन् ।
उनले भनेका छन्–‘तपाईँले जानेको ज्ञान अरूसम्म प्रसारित गर्नुहोस् । ज्ञान प्रसारण गरेर घट्दैन । यसलाई जति बाँड्यो त्यति बढ्छ । जति सञ्चित ग¥यो त्यति नोक्सान हुन्छ । म आफूले आर्जन गरेको ज्ञान घट्दै गएर समाप्त भएको हेर्न रुचाउँदिनँ । म आफ्नो ज्ञानलाई सकेसम्म धेरै ठाउँमा पुर्याउन चाहन्छु र यसमा प्रयासरत पनि छु । यसैकारण मैले मेरो इन्स्टाग्राममा आफ्ना अनुभव र सिकाइहरू नियमित रूपमा राख्दै आएको छु । मलाई इन्स्टाग्राममा फलो गर्नुहोस् ल ।’
यसअघि पनि ओलीले आफ्नो युट्युब च्यानल केपी बा मा सस्क्राइब गर्न आग्रह गरेका थिए ।