Logo

भृकुटीमण्डप जुत्ता चप्पल व्यापार मेला जारी, खरिदकर्ताहरुको सहभागीता बढ्दो



काठमाडौं, १२ साउन। राजधानीको भृकुटीमण्डपमा ‘वृहत जुत्ता चप्पल व्यापार मेला’ मा जारी रहेको छ । लामो समयदेखि जारी उक्त जुत्ता चप्पल मेलामा स्वदेशी उत्पादनका जुत्ता चप्पलको खरिद गर्नेहरुको भिड रहेको छ ।

आकर्षक छुटसहित स्वदेशी ब्राण्डका प्रतिष्ठित जुत्ता चप्पलहरु छानी छानी किन्न पाउने अवसरको सदुपयोग गर्दै अवलोकनकर्ता तथा खरिदकर्ताहरुको मेलामा दैनिक सहभागीता बढ्दो छ ।

५० प्रतिशतसम्म छुटसहित वारेन्टीकोसमेत व्यवस्था गरिएपछि ग्राहकहरु मेलाप्रति आकर्षित भएको आयोजक सविन कार्कीले जानकारी दिए । उनले भने, ‘एउटै थलोमा धेरै ब्राण्डका जुत्ता चप्पल ग्राहकले आफ्नो आवश्यकता अनुसार छानेर खरिद गर्ने अवसर मेलाले दिएको छ । सस्तो र बलियो जुत्ताको रोजाईमा रहेका ग्राहकहरु दैनिक रुपमा मेलामा बढ्दै गएका छन् ।’

जारी मेलामा पूर्व प्रधानमन्त्रीदेखि पार्टीका शीर्षनेताहरु पनि समय मिलाएर उपस्थित भएर अवलोकन गर्ने क्रम जारी रहेको छ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा, विश्व प्रकाश शर्मा, सांसद प्रदीप पौडेल लगायतका नेताहरुले मेलाको अवलोकन गरिसकेका छन् । पूर्वप्रधानमन्त्री तथा युवा नेताहरुले मेलाको अवलोकन गरेपछि मेलामा उपभोत्ताको आकर्षण बढेको आयोजकको भनाई छ ।

मेलाको भ्रमण तथा अवलोकन गरेका पूर्वप्रधानमन्त्री ओली र कांग्रेसका महामन्त्री थापा लगाएतका नेताहरुले स्वदेशी ब्राण्डका जुत्ता चप्पललाई प्रवर्द्धन गर्नुपर्ने धारणा राखेका राखेका थिए । मेलामा स्वदेशी उत्पादनका शिखर सुज, प्राइड स्वदेशी जुत्ता, वान वल्र्ड, बोस सुज, भेनस सुज, फुट स्टेप, हिमानी सुज र ब्याम्बो ब्राण्डको सहभागिता छ ।

ग्राहकको चाहना र आवश्यकता अनुसार एउटै छानामुनि विभिन्न ब्राण्डका जुत्ता चप्पलहरु खरिद गर्न सक्ने मौकाको फाइदा उठाउन विगतका वर्षभन्दा यसवर्ष उपभोक्ताहरुको भिड लाग्ने गरेको छ । गत असार ३ गतेदेखि सुरु भएको उक्त मेला साउनको २० गतेसम्म जारी रहने छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot