Logo

वामदेवको चिन्ताः प्रतिनिधिसभा असभ्य रूपमा सञ्चालन हुन थाल्यो



काठमाडौं,१२ साउन । राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनित सांसद वामदेव गौतमले प्रतिनिधिसभा असभ्यता,अपसंस्कार र संस्कृतिहीन रूपमा सञ्चालन हुन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

शुक्रबार राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समिति बैठकमा गौतमले नेपालको संसद पहिलादेखि विवादित र नराम्रो किसिमले चल्ने गरेको भए पनि अहिले संसारका कुनै पनि संसदमा नहुने र इतिहासमा कहिल्यै नभएका संस्कृतिहीन गतिविधि भइरहेको दाबी गरे।

उनले भने‘परिस्थिति अत्यन्त जटिल भएको अवस्थामा देखिने गाली गलौज र अपमान गर्ने अरुलाई होच्याउनेदेखि लिएर संसदको नियमावलीलाई बेवास्ता गरेर जतिबेला पनि उठेको छ । एक जनाले मात्रै बोल्नुपर्ने ठाउँमा २७५ जना उठेर बोल्ने गरिएको छ । कहिले ५० जना कहिले १०० जना र एकातिर एउटा अर्कोतर्फ अर्को सांसद उफ्रिएको छ । संसदभित्रको असभ्यता, अपसंस्कार र संस्कृतिहीन भएको छ,। नेपालको संसद पहिलादेखि विवादित र नराम्रो किसिमले चल्न थालेको हो अहिलेको प्रतिनिधिसभामा जे देखिएको छ । त्यो इतिहासमा कहिल्यै नभएका संसारका कुनै पनि संसदमा त्यस्तो हुँदैन’ ।



प्रतिक्रिया दिनुहोस्