Logo

वीर अस्पतालले मनायो १३४औं वार्षिकोत्सव (फोटोफिचर)



काठमाडौं, १२ साउन । वीर अस्पतालले आफ्नो १३४औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव समारोहका प्रमुख अतिथिका रुपमा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत रहेका थिए ।

वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले वीर अस्पतालको हैसियत, पहिचान, र वीर अस्पतालको इतिहास अब संसारभर फैलाउन आफू लागिपरेको बताए । अन्य अस्पतालको सेवा सुधार गर्न पहिला वीर अस्पताल सुधार्नु आवश्यक रहेको उनको भनाई छ ।

वीर अस्पताल गरिब र असाहयहरुका लागि आशलाग्दो र भरपर्दो अस्पतालको रुपमा विकसित भइरहेको उनको भनाई छ ।

वार्षिकोत्सवका अवसरमा उत्कृष्ट कार्यसम्पादनका आधारमा चिकित्सक, कर्मचारी र नर्सहरु पुरस्कृत एवं सम्मानीत भएकका थिए । Photo By: Mukunda Kalikote/RN 

वीर अस्पतालको स्थापना वि.सं. १९४७ मा राणा प्रधानमन्त्री वीर शमशेरले गरेका थिए । तत्कालीन समयमा उक्त अस्पताल १५ शैयाबाट सुरु भएको थियो ।

वीर शमशेरले अस्पताल उद्घाटनका क्रममा गरेको सम्बोधन पत्र



प्रतिक्रिया दिनुहोस्