Logo

एस्फोडेल पब्लिक स्कुलद्वारा कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीको लागि ओरिन्टेसन कार्यक्रम सम्पन्न



काठमाडौं, १३ साउन । काठमाडौंको डिल्लीबजारस्थित एस्फोडेल पब्लिक स्कुलले कक्षा ११ मा अध्ययनका लागि भर्ना भएका विद्यार्थीहरुलाई ‘ओरिन्टेसन प्रोगाम’ गराएको छ ।

उक्त स्कूलमा कक्षा ११ र १२ मा अध्ययनका लागि होटल म्यानेजमेन्ट, व्यवस्थापन र कानुन संकाय सञ्चालनमा रहेका छन् । विद्यालयले सिकारुमैत्री शैक्षिक वातावरण, खेलकुद एवं प्रयोगात्मक कक्षा र अन्तराष्ट्रिय सम्बन्धमा विशेष जोड दिइरहेको प्रिन्सिपल विरेन्द्र प्रकाश श्रेष्ठले बताए ।

गरिब, जेहन्दार र विपन्न विद्यार्थीहरुका लागि विशेष छात्रवृत्तिको व्यवस्था पनि रहेकाले विद्यालयप्रति विद्यार्थी विद्यार्थीको आकर्षण बढ्दो रहेको भाइस प्रिन्सिपल विभा कालिका श्रेष्ठले बताईन् ।

कक्षा ११ मा अध्ययनका लागि विभिन्न शंकायमा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई प्रिन्सिपल, भाईस प्रिन्सिपल, को–अर्डिनेटर लगायत विद्यालय परिवारले स्वागत गरेका थिए ।

एस्फोडेल पब्लिक स्कुलले इन्टरनेशनल स्कुल अवार्ड ब्रिटिश काउन्सिल  ISA Awards British Council जित्नु अघि र पछि विश्वका धेरै विद्यालय र विश्वविद्यालयहरू बीचको विशेष सम्बन्धका साथै विश्वका विभिन्न भागबाट स्वयम्सेवी शिक्षकहरू विद्यालयमा उपलब्ध छन् । जुन लाभको बिन्दु हो।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot