काठमाडौं,१४ साउन । तोकिएको समयभित्रमा निर्वाचन खर्च नबुझाउने उम्मेद्वारविरुद्ध १५ हजार जरिवाना तिराउने निर्वाचन आयोगको निर्णयविरुद्ध उच्च अदालतमा रिट परेको छ ।
निर्वाचन आयोगको निर्णयविरुद्ध आज रास्वपाका ४ सांसदहरुले उच्च अदालत पाटनमा रिट हालेका हुन् ।
आइतबार रास्वपाका सांसदहरु सोविता गौतम,विराजभक्त श्रेष्ठ, गणेश पराजुली र शिशिर खनालले उच्च अदालतमा रिट दर्ता गरेका हन् । आम निर्वाचन २०७९ मा गौतम काठमाडौं २, श्रेष्ठ काठमाडौं ८, पराजुली काठमाडौं ७ र खनाल काठमाडौं ६ बाट निर्वाचित भएका थिए ।
गत मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको खर्च विवरण सार्वजनिक गरेको जानकारी नगराएको भन्दै निर्वाचन आयोगले २ हजार ४ सय बढी उम्मेदवारलाई जरिवाना तोकेको थियो।
तर रास्वापका सांसदहरुले भने आफुले निर्वाचन खर्च समयमै सार्वजनिक गरेको भन्दै निर्वाचन आयोगको निर्णयको विरोध गरिरहेका छन् ।