Logo

योगेशको चेतावनी: ‘संसदीय समितिका सभापति चयन नगरे एमालेले बैठक वहिष्कार गर्छ’



काठमाडौं,१४ साउन । नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकार गठन भएको ७ महिनामा पनि संसदीय समितिले नेतृत्व पाउन नसकेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

आइतबार संघीय संसदअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै भट्टराईले तत्काल सभापति चयन नगरे संसदीय समितिको बैठकमा नआउने चेतावनी दिएका छन् ।

उनले भने ‘सत्ता गठबन्धनको असहमतिका कारण उत्पन्न भएको समस्याको भारी बोक्न चाहँदैनौं’ केही सहमति बनेको छ, त्यसअनुसार जाऊँ । बनेको छैन संसदीय प्रक्रियामा जाऊँ ।’

सांसद भट्टराईले समिति गठन भएको ३ महिनासम्म पनि समिति सभापति चयन हुन नसक्नु दुःखद रहेको बताउँदै सरकारले अबिलम्ब सभापति चयन गर्न जोड दिए । तत्काल सभापति चयन नगरे संसदीय समितिको बैठकमा नआउने चेतावनी दिँदै उन भने,‘सम्भवत समितिको अर्को बैठकमा हामी आउँदैनौं ।



प्रतिक्रिया दिनुहोस्

Screenshot