काठमाडौं,१४ साउन । संघीय संसदअन्तर्गतको सार्वजनिक लेखा समितिले एक क्न्टिल सुन बरामद प्रकरणमा सत्यतय छानविन गर्न एक उच्चस्तरीय समिति बनाउन सरकारलाई ध्यानाकर्षण गराएको छ ।
समितिका जेष्ठ सदस्य अर्जुननरसिंह केसीको अध्यक्षतामा बसेको बैठकले उक्त प्रकरणका बारेमा निष्पक्ष छानविन गरेर टुंगोमा पुर्याउन सरकारलाई ध्यानाकर्षण गराएको हो ।
गत साउन ३ गते हङकङ्गबाट काठमाडौं ल्याउँदै गरेको एक क्विन्टल सुन त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बरामद भएको थियो ।
उक्त सुन बरामद प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध गरिरहेको छ । उक्त प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीको संलग्नता भएको भन्दै एमालेले दुईमन्त्रीको राजीनामा माग गर्दै सदन अवरोध गरेको छ । गत बुधबार एमालेले निरन्तर सदन अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक १५ साउनसम्म स्थगित भएको छ । file photo