Logo

नेकपा एसको सचिवालय बैठक बस्दै



काठमाडौं,१५ साउन । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक आज बस्दैछ ।

पार्टी केन्द्रयि कार्यालय आलोकनगरमा बस्ने बैठकले यसअघि स्थगित गरिएका स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय समिति बैठकको नयाँ मिति तय गर्नेछ ।

यसअघि तय भएको साउन १६ र १७ गते स्थायी कमिटी, १८ र १९ गते पोलिटब्युरो र २० र २१ गते केन्द्रीय कमिटी बैठक बोलाइएको भए पनि अन्तिम समयमा आएर स्थगित गरिएको थियो ।

प्राविधिक कारण देखाउँदै स्थगित भएको सो बैठकको नयाँ मिति आजको सचिवालय बैठकले तय गर्ने सम्भावना रहेको एक नेताले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्