Logo

पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्षलाई कालोमोसो दल्ने विद्यार्थी नेताहरु नेविसंघबाट निलम्बित



काठमाडौं, १५ साउन । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा महेश दाहालमाथि कालोमोसो दल्नेहरुलाई नेपाल विद्यार्थी संघले निलम्बन गरेको छ । नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति जारी गर्दै कालोमोसो दलको पुष्टि भएकाले अनुशासनको कारबाही स्वरुप निलम्बन गरिएको बताएका हुन् । नेविसंघमा रहेर घटनामा संलग्न भएका केही विद्यार्थीहरुलाई भने नसिहत दिइएको विज्ञप्तिमा भनिएको छ ।

घटनन पश्चात नेविसंघ केन्द्रीय कार्य समितिले सत्यतथ्य छानविन गर्न समिति गठन गरेको थियो । नेविसंघका मागहरु जायज भएपनि कालोमोसो दल्ने कार्य खेदजनक रहेको विज्ञप्तिमा उल्लेख छ । उक्त कार्य नेविसंघको आदर्श, मूल्य, मान्यताको विपरीत भएकाले यस्ता कार्य गर्नेलाई संगठनले क्षमा दिन नसक्ने बताइएको छ ।

पूर्वाञ्चल विश्वविद्यालयको घटना नेविसंघमा आबद्ध केही व्यक्तिहरूको संलग्नता पुष्टि भएको हुँदा नेपाल विद्यार्थी संघको विधान, २०२७ (सातौं संशोधन २०७५) बमोजिम अनुशासनको कारवाही गरि केहीलाई निलम्बित गरिएको छ भने केहीलाई नसियत दिइएको छ,’– केन्द्रीय अध्यक्ष शेर्पाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

नेविसंघको नाममा विधि, विधान र पद्धति विपरीतका कुनै पनि गतिविधि नगन/नगराउनसमेत आग्रह गरिएको छ । विधि र विधान विपरीतका गतिविधिमा संलग्न रहेको पाईएमा नेविसंघले संगठनमा रहेका जोकोहीलाई कारबाही गर्ने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot