काठमाडौं,१५ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रास्वपाका धेरै नेताहरु सुविधा सम्पन्न जीवनयापन छाडेर राजनीतिमा होमिएको दाबी गरेका छन् ।
सोमबार रास्वपा सुदूरपश्चिम काठमाडौं भेलालाई सम्बोधन गर्दै पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेले चर्को आलोचना र गालीगलोजका बीचमा पनि आफूहरु प्रतिबद्ध भएर देश निर्माणको अभियानमा लागिरहेको बताए ।
उनले भने, ‘म लगायत हाम्रा पार्टीका अधिकांश नेताहरु अन्त्यन्त सुविधा सम्पन्न जीवनयापन गरिरहेकै हुनुहुन्छ । ती सबै सुविधालाई छाडेर हामी असिनपसिन, धूलोमैलो, हिलोमाटो, झरीहुरी केही नभनी दिनरात दौडिएका छौं । व्यक्तिगत स्वार्थ र लाभको लागि भए यति धेरै गर्नुपर्ने नै थिएन । यत्रो आलोचना र गालीगलोजका बीचमा पनि हामी प्रतिबद्ध भएर कम्मर कसेर निस्किएका छौं ।’ file photo