Logo

रास्वपाले घण्टी बजाएपछि सरकारले भ्रष्टाचारका फाईल खोल्योः रवि लामिछाने (भिडियोसहित)



काठमाडौं, १५ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले रास्वपाको दवाबमा भ्रष्टाचारका पुराना फाईल खोलेको दाबी गरेका छन् । आज (सोमबार) काठमाडौंमा आयोजित सुदूरपश्चिम–काठमाडौँ सम्पर्क भेलालाई सम्बोधन गर्दै उनले आफूले भ्रष्टाचारविरुद्ध आवाज बुलन्द पारेपछि सरकारले बाध्य भएर फाइल खोलेको बताएका हुन् ।

‘जब हाम्रो पार्टी घण्टी बजाउँदै अगाडि आयो, सम्भवतः त्यो आगमनले काहीँ न काहीँ सरकारलाई पुराना भ्रष्टाचारका फाईलहरु खोल्नमा प्रेरणा दिएकै हुनुपर्छ, र लागेको हुनुपर्छ अहिले फाईल खोलिएन भने ०८४ सम्म त के हो के हो भन्ने लागेको हुनुपर्छ,’– उनले भने ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot