Logo

३५ दिनको समय माग गर्दै बालेनलाई राप्रपाको लिखित पत्र, हाँडीगाउँमा डोजरसहित तयारी अवस्थामा नगर प्रहरी



काठमाडौं,१५ साउन । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीको धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा डोजर चलाउन आटेपछि राप्रपाले ३५ दिनको समय माग गर्दै महानगरलाई लिखित पत्र लेखेको छ ।

गत शुक्बार बिजुलीको हाइटेन्सन लाइनमुनि कार्यालय भवन रहेको भन्दै महानगरले आजसम्म पार्टी कार्यालय रहेको भवन खालि गर्न महानगरले माइकिङ गरेको थियो तर राप्रपाले सोमबार केही नेताहरु महानगर पुगेर प्रमुख कार्यकारी अधिकृत बसन्त अधिकारीलाई कानून वमोजिम ३५ दिन समय उपलब्ध गराउन माग गर्दै पत्र बुझाएका हुन् ।

महानगरको उर्दी अटेरी गरेको भन्दै महानगरले डोजर चलाउने तयारी गरेपछि आज महानगरले जिल्ला प्रशासन कार्यालयसँग छलफल गरेको थियो।

अहिले महानगरका पदाधिकारी र काठमाडौंका प्रमुख जिल्ला अधिकारीबीच छलफल भइरहेको बताइएको छ । महानगरले केही नगर प्रहरी र डोजर अहिले हाँडीगाउँमा तयारी अवस्थामा राखेको छ।

महानगरपालिकाका प्रमुख बालेन शाहको निर्देशन कुरेर नगरप्रहरीको टोली डोजरसहित हाँडीगाउँमा तयारी अवस्थामा बसेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot