Logo

मधेश प्रदेशमा मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी



काठमाडौं, १५ साउन । मधेश प्रदेशमा मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले आज (सोमबार) मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेका ह्ुन् ।

मधेश प्रदेश सरकारको मन्त्रिपरिषद्ले पाँचौं पटक विस्तार हुँदा पूर्णता पाउने भएको छ । रिक्त दुई मन्त्रालयमध्ये कांग्रेसले थप एक मन्त्रालय पाउने भएको छ भने एक मन्त्रालयमा जनता समाजवादी पार्टीबाट मन्त्री भएर विना विभागीय मन्त्री रहेकी सुरिता साहलाई जिम्मेवारी दिने तयारी रहेको छ ।

कांग्रेसबाट मोहम्म्द समिम गृह, सञ्चार तथा कानुन मन्त्री बन्ने भएका छन् । बिना विभागीय मन्त्री साहले श्रम तथा यातायातको जिम्मेवारी पाउने भएकी छन् । नव नियुक्त मन्त्रीहरुको शपथ आजनै गराउने तयारी रहेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्