Logo

पार्टीभित्र एकअर्कालाई होच्याउने काम बन्द गरौंः अर्थमन्त्री महत



काठमाडौं,१५ साउन । नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा.प्रकाशशरण महतले पार्टीभित्र एक अर्कालाई होच्याउने र खुइल्याउने काम बन्द गर्नुपर्ने बताएका छन् ।

सोमबार काठमाडौं-नुवाकोट कांग्रेसले आयोजना गरेको खिर खाने तथा चियापान कार्यक्रममा बोल्दै महतले पार्टीको बैठकमा पनि भित्र एउटा कुरा गर्ने बाहिर अर्को कुरा गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताए ।

उनले भने, ‘कांग्रेस काम गर्ने पार्टी हो । तर, हामी प्रचार गर्दैनौं। हामी प्रचार गर्छौ एकअर्काको कमीकमजोरीबारे मात्रै । अहिले सामाजिक सञ्जाल छँदैछ सजिलै जहाँतहीँ पुग्छ । सामाजिक सञ्जालमा एकअर्कालाई होच्याउने काम बन्द गरौं । पार्टीको मिटिङबाट कामको बारेमा निर्णय गरेर जनताको बीचमा लैजाऔं ।’ file photo 



प्रतिक्रिया दिनुहोस्