Logo

रेलभित्र आरपीएफका जवानले चलाए गोली, चार जनाको मृत्यु



एएनआई । भारतको महाराष्ट्रराज्यको जयपुरबाट मुम्बईतर्फ जाँदै गरेको रेलमा सोमबार बिहान रेलवे सुरक्षा बल (आरपीएफ) का एक जवानले गोली चलाउँदा कम्तीमा चार जनाको मृत्यु भएको छ ।

पश्चिम रेलवेका अनुसार, सीटी चेतन नाम गरेका सिपाहीले जयपुर–मुम्बई सेन्ट्रल एक्सप्रेस ट्रेनमा महाराष्ट्रको पालघर स्टेशन पार गरेपछि आरपीएफका असईसहित चार यात्रुहरूमाथि गोली चलाएका थिए ।

पश्चिम रेलवेबाट प्राप्त जानकारीअनुसार आरोपी हवल्दारलाई हतियारसहित पक्राउ गरिएको छ । जयपुर–मुम्बई सेन्ट्रल एक्सप्रेस (ट्रेन नम्बर १२९५६) को बी फाइभ डिब्बामा उक्त घटना भएको आरपीएफका अधिकारीहरूले बताएका छन् ।

आरपीएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “ट्रेन नम्बर १२९५६ मा सोमबार बिहान ५ः२३ मा बी ५ कोचमा गोली चलेको खबर आएको थियो ।

अनुरक्षण (एस्कर्ट) सेवामा खटिएका सीटी चेतनले इन्चार्ज असई टीकाराममाथि गोली चलाएको पुष्टि भएको छ । रेल बीभीआईमा आइपुग्नु पहिले प्राप्त अग्रिम जानकारी अनुसार, असर्ईको अतिरिक्त अन्य तीन सर्वसाधारणको हताहती भएको पनि रिपोर्ट गरिएको छ ।

आरपीएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आक्रमणकारी असईलाई प्रहरीले समातेको छ र डीसीपी नर्थ गभर्नमेन्ट रेलवे प्रहरीलाई खबर गरिएको छ भने यसबारे थप विस्तृत रिपोर्ट अनुसन्धानपछि जानकारी गराइनेछ ।” File Photo/RN 



प्रतिक्रिया दिनुहोस्