Logo

पदम गिरीको आरोप: शीर्ष नेता र मन्त्री तानिने डरले समिति बनाएर छानबिन गर्न सरकार डरायो



काठमाडौं,१५ साउन । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले गत साउन २ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बरामद भएको एक सय किलो सुन बरामद प्रकरणमा सरकारका उच्च पदाधिकारी संलग्न भएको कारण सरकारले छानविन समिति बनाउन डराएको आरोप लगाएका छन् ।

सोमबार संसद भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै पूर्व स्वास्थ्यमन्त्री समेत रहेका गिरीले उच्चस्तरका नेता र कर्मचारी तानिने डरले सरकारले उच्चस्तरीय छानबिन समिति बनाएर अनुसन्धान गर्न हिच्किचाइरहेको बताए ।

उनले भने ‘किन छानबिन समिति बनाउन चाहन्न सरकार भने त्यहाँ मन्त्रीहरु तानिन सक्छन्, हाइप्रोफाइलका कर्मचारी नेताहरु तानिन सक्छन् । त्यसैले सरकार उच्चस्तरीय छानबिन बनाउन तयार छैन हामी नेपाललाई तस्करको अखडा बनाउन चाहँदैनौँ । अन्तर्राष्ट्रियस्तरमा नेपाल बदनाम भएको छ । नेपाल तस्करीको हब बन्दै छ,यो कुरा रोक्नुपर्छ’ ।  file photo 



प्रतिक्रिया दिनुहोस्

Screenshot