Logo

सरकारलाई बास्कोटाको सुझावः यो फाईल खुल्छ, त्यो खुल्छ भन्नुभन्दा पनि खुलेका फाईल पहिला टुंगो लगाउ



काठमाडौं, १५ साउन । नेकपा (एमाले) का प्रभावशाली नेता एवं प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाले सरकारले खाली स्टन्टबाजीमात्रै गरेको अरोप लगाएका छन् । आज (सोमबार) संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले सरकारले फाईल खुल्छ, खुल्छ भन्नुभन्दा पनि खुलेका फाईल टुंगो लगाउन आवश्यक रहेको बताए ।

‘खाली स्टन्टबाजी गर्ने । म यो गर्छु भन्ने, त्यो गर्छु भन्ने । यो फाईल खुल्छ, त्यो फाईल खुल्छ भन्ने । खुलेका फाईलको पहिला टुंगो लगाउ, बाँकी पनि खोल्दै जाउ,’– उनले भने ।

सुन तस्करी प्रकरणमा छानविन समिति बनाउन माग गरेपनि सरकारले नचाहेको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot