Logo

केन्द्रीय समिति बैठक लाईभ गर्न हुँदैनः दीपशीखा



काठमाडौं, १६ साउन । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं पार्टी निकट युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) ईन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशीखा’ ले पार्टीको बैठक लाईभ गर्न नहुने धारणा राखेका छन् ।

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक भोलि (साउन १७ गते) देखि बस्दै छ । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक लाईभ गरेपछि माओवादीले पनि भोलिको बैठक लाईभ गर्ने निर्णय गरेको छ । तर, वाईसिएल इन्चार्ज दीपशीखाले पार्टी घर, जीवन र परिवार भएको भन्दै त्यसभित्रका अन्तररङ्गहरु लाईभ गर्ने कुरा नभएको बताएका हुन् ।

‘पार्टी बैठक लाईभ हुनुहुँदैन । पार्टी कमिटी घर हो, परिवार हो, जीवन हो । जीवन, घर, परीवारका अन्तररंग छलफल लाईभ गर्ने विषय होईनन् । ढुक्कसँग बोल्न पाउनुपर्छ । आनन्दसँग सुन्न पाउनुपर्छ,’– उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्