Logo

माधव नेपालको स्विकारोक्ति: देश बनाउने कुरामा हामी इमान्दार बन्न सकेनौं



काठमाडौं,१६ साउन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देश बनाउने कुरामा आफुहरु चाहेजती इमान्दार बन्न नसकेको स्वीकार गरका छन् ।

पाटी निकटको विद्यार्थी संगठन अनेरास्ववियूले राजधानिमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले देश र जनतालाई केन्द्र विन्दुमा राखेर अघि बढ्नुपर्ने भएपनि स्वतन्त्रता, स्वाधिनतामा ठेस लाग्ने काम भएको बताए ।

उनले भने,‘त्यो समस्यामध्ये पहिलो भनेको हामी बन्नुपर्ने जति इमानदार बन्न सकेका छैनौं । हामी देश बनाउने भावनाले ओतप्रोत भइसकेका छैनौं । हामी आफूलाई मात्रै केन्द्रविन्दुमा राख्ने गरेका छौं । देश र जनतालाई केन्द्रविन्दुमा राख्न सकेका छैनौं । देश र नेपाली स्वतन्त्रतामा आँच आयो भने त्यो स्वीकार्य हुँदैन ।’

तस्बिर- मुकुन्द कालिकोटे: रिर्पोटस नेपाल



प्रतिक्रिया दिनुहोस्