Logo

सभामुखलाई राजीनामा गराएर उद्धव थापाले गरे मुख्यमन्त्रीमा दाबी पेस



काठमाडौं,१६ साउन । कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापाले दाबी पेस गरेका छन् ।

थापाले आज प्रदेश प्रमुख परशुराम खापुङसमक्ष संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

थापा यसअघि असार २१ गतेपनि मुख्यमन्त्री बनेका थिए । तर उक्त समयमा सभामुख बाबुराम गौतमकोसमेत हस्ताक्षरमा मुख्यमन्त्री बनेका थापाको नियुक्ति सर्वोच्च अदालतले खारेज गरेपछि मुख्यमन्त्रीबाट हटेका थिए ।

सर्वोच्चले थापाको नियुक्ति बदर गरी साउन १७ सम्म नयाँ सरकार बनाउन आदेश दिएपछि प्रदेश प्रमुखले आजसम्मको समय दिएर दाबी पेस गर्न आव्हान गरेका थिए ।

९३ सदस्यीय प्रदेश सभामा बहुमत जुटाउन आवश्यक ४७ सांसद पुरर्याउन नसकेपछि थापाले माओवादी केन्द्रबाट निर्वाचित सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर भएपनि मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्