काठमाडौं, १६ साउन । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । सिंहदरबास्थित मन्त्रालयमा बुधबार दिउँसो भएको भेटमा मन्त्री मोदी र राजदूत श्रीवास्तवबीच समसामयिक एवं द्धिपक्षीय हितका विषयमा छलफल भएको छ ।
भेटका क्रममा राजदूत श्रीवास्तवले स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गर्न आवश्यक सहायता उपलब्ध गराउन भारत इच्छुक रहेको बताए ।
मन्त्री मोदीले आवश्यक छलफल गरेर सबै विषयहरुलाई अगाडि बढाउने जवाफ दिए ।
त्यस्तै भेटमा छिमेकी मित्रराष्ट्र भारतको सहायतामा सञ्चालित विभिन्न कार्यक्रमहरुको प्रभावकारीताको समीक्षा, आगामी कार्यक्रमको कार्यान्वयनको सन्दर्भमा छलफल भएको छ ।