Logo

बहुमत पुर्याउन सभामुखले राजीनामा दिएपनि उपसभामुखले दिनुहुन्नः एमाले सांसद अधिकारी



काठमाडौं,१६ साउन । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन् ।

गत पुस २८ गते कोशी प्रदेशको सभामुखमा निर्विरोध निर्वाचित भएका गौतमले नयाँ मुख्यमन्त्रीमा बहुमत पुरर्याउन आफ्नो पदबाट राजीनामा दिएका हुन् ।

सभामुखले गठबन्धनलाई बहुमत पुरर्याउन राजीनामा दिएसँगै सभा सञ्चालनको जिम्मेवारी संविधानत उपसभामुखको काँधमा आइपरेको छ । हाल प्रदेश सभामा उपसभामुख प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट निर्वाचित भएकी सिर्जना दनुवार रहेकी छन् ।

सत्तारुढ दललाई बहुमत जुटाउन सभामुखले राजीनामा दिएपछि एमालेले पनि उपसभामुखलाई राजीनामा दिन लगाउने हल्लासहितका समचार सार्वजनिक भएपनि त्यसमा सत्यता नरहेको एमालेले जनाएको छ ।

एमाले प्रदेशसभा सदस्य एवं अधिवक्ता लिलाबल्लभ अधिकारी सभामुखले राजीनामा दिएपनि उपसभामुखले राजीनामा नदिने बताउँछन् । रिर्पोटस नेपालसँग संक्षिप्त कुराकानी गर्दै अधिकारीले अबको सभा उपसभामुख दनुवारले चलाउने बताए । उनले बाहिर हल्ला गरेजस्तो उपसभामुखले राजीनामा दिनेबारेमा कुनैपनि छलफल र निष्कर्षमा नपुगेको बताए ।



प्रतिक्रिया दिनुहोस्