Logo

न्यायलयका लागि ठूलो चुनौति बन्दै ‘प्रतिकूल वकपत्र’



काठमाडौं, १६ साउन । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले प्रतिकूल वकपत्र फौजदारी न्याय प्रणालीको सबैभन्दा ठूलो चुनौति भएको बताएका छन् । आज (मंगलबार) अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले काठमाडौंमा आयोजना गरेको प्रकाश स्मृति मानव अधिकार पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश कार्कीले पीडितले उजुरी दिँदा एउटा र अदालतमा अर्को वकपत्र गरेका कारण न्याय प्रदानमा कठिनाई भएको बताए ।

पीडितको हकको व्यवस्था संविधानमै गरिएको अवस्थामा पीडितलाई संरक्षण गनपर्ने अवस्था एकातिर अर्कोतिर पीडितले पनि आफ्नैविरुद्ध हुने गरी वकपत्र गरेका कारण न्याय प्रदानमा बाधा उत्पन्न भइरहेको उनले बताए ।

‘हामीहरुकोमा अहिले फौजदारी न्याय प्रशासनमा सबैभन्दा ठूलो चुनौति हामीले पीडितहरुको संरक्षण गर्न नसकेको कारणले, पीडितहरुको साक्षीको संरक्षण गर्न नसकेको कारणले आज हामी प्रतिकूल वकपत्रको ठूलो चुनौति आदलतले सामना गर्न परिरहेको छ ।’ उनले भने, ‘प्रतिकूल वकपत्र आफूले भनेको कुरा आफ्नैविरुद्धमा हुने गरेर अदालतमा गएर बोल्ने । हिजो उजुरी दिँदा एउटा दिने, अदालतमा जाँदा साक्षीले पनि र पीडितले पनि त्यसको प्रतिकूलमा गएर अर्थात आफैंले भनेको कुराको विरुद्धमा गएर वकपत्र गरेको कारणले गर्दा अदालतले न्याय दिनलाई कठिनाई उत्पन्न भइराखेको छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot