काठमाडौं, १६ साउन । सरकारले विश्व वातावरण सुविधाबाट प्राप्त हुने करिब २० करोड २२ लाख रुपैयाँ अनुदान स्वीकार गर्ने निर्णय गरेको छ । आज (मंगलबार) बसेको मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा उक्त अनुदान स्वीकार गर्ने निर्णय गरेको हो ।
सरकारले दीगो भूव्यवस्थापनमार्फत लखनदेही नदी बेसिनका जलाधकारहरुको पुनरुत्थान र जीविकोपार्जनमा सुधार परियोजनाका लागि सरकारले उक्त अनुदान सहायता स्वीकार गरेको हो । File Photo/RN